Logo
Logo

सर्वोच्चका न्यायाधीशहरु महाभियोग सिफारिस समितिमा जवाफ दिन नजाने


11.3k
Shares

काठमाडौं । सर्वोच्च अदालतको फुलकोर्ट बैठकले महाभियोग सिफारिस समितिमा बयान दिन नजाने निर्णय गरेको छ ।

बुधबार बसेको सर्वोच्च अदालत फुलकोर्ट बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग समितिले शक्ति पृथकीकरणको सिद्धान्त विपरित न्यायाधीशलाई बयानका बोलाइएकाले नजाने निर्णय गरेको हो ।

स्वतन्त्र न्यायपालिका सम्बन्धी मूल्य र मान्यता, संवैधानिक प्रावधान, शक्ति पृथकीकरणको सिद्धान्तका आधारमा बहालवाला कामु प्रधानन्यायाधीश र अरु न्यायाधीशहरु बैठकमा उपस्थित हुन नसक्ने भनी निर्णय गरेका हुन् ।

सर्वोच्च अदालतले पूर्ण बैठकको निर्णय प्रमाणीकरण गरेर बुधबार नै संघीय संसद सविचालयमा पत्र पठाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्