काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने छ ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले न्याय परिषद् र न्याय सेवा आयोगको २०७७/०७८ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
आजै राष्ट्रिय सभाको बैठक पनि बस्ने भएको छ । अपराह्न ३ बजे बस्ने बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।