Logo
Logo

काठमाडौं महानगरविरुद्ध उत्रिए फुटपाथ व्यवसायी


1.6k
Shares

काठमाडौं । काठमाडौं महानगरले दशैंको मुखमा फुटफाथका पसल हटाएको भन्दै फुटपाथ व्यापारी आन्दोलित भएका छन् । फुटपाथ व्यापारीहरुले बिहीबार टेकुस्थित काठमाडौं महानगरपालिकाको कार्यलय घेराउ गरेका छन् ।

नेकपा एमालेको भातृ संगठन जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै महानगरपालिकाको कार्यालय घेराउ गर्दै आन्दोलनमा उत्रिएका हुन् । आज बिहान ११ बजे सुन्धारामा जम्मा भएर साना व्यवसायीहरू भद्रकाली हुँदै महानगर कार्यालय परिसरमा पुगेका थिए ।

महानगरले फुटपाथ र साना व्यवसायीलाई विना सूचना निर्मम ढंगले लखेट्न खोजेको भन्दै आफूहरू आन्दोलनमा उत्रिनुपरेको बताएका छन् ।

सडकपेटी तथा गल्लीहरुमा व्यापार गरेर जीवन चलाउने निम्न वर्गीय स्वरोजगार श्रमिकहरुको सामान कब्जा गर्ने, श्रमिकहरुलाई हातपात र गिरफ्तार गर्ने जस्ता अमानवीय व्यवहार गरेको र विकल्पको व्यवस्था नै नगरी गरिखाने श्रमिकहरुलाई बेरोजगार बनाउने काम गरेको उनीहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्