Logo
Logo

ओलीले भने- प्रचण्डले मलाई ग्वाम्मै छुरा घोपे


3.3k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता ताका आफूमाथि प्रचण्डले घात गर्न खोजेपछि नयाँ ढंगले पार्टी अघि बढेको बताएका छन् ।

अहिलेको एमाले प्रचण्ड गुटबाहेकको नेकपाकै निरन्तरता भएको समेत उनले दाबी गरे । बिहीबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘अहिलेको एमाले प्रचण्ड गुटबाहेकको नेकपाकै निरन्तरता हो ।’

प्रचण्डको गृहजिल्ला चितवनका सहइन्चार्ज तथा माओवादी केन्द्रीय सदस्य यमबहादुर परियारलगायतलाई पार्टीमा प्रवेश गराउँदै उनले पार्टी एकताका बेला आफूले दिएको संख्यालाई प्रचण्डले बहुमत जुटाएर आफैंलाई हटाउन खोजेको दावी गरे ।

‘मैले अँगालो हालेर अध्यक्ष बनाएँ । मेरै छेउमा राखेँ । तर, प्रचण्डले मलाई ग्वाम्मै छुरा घोपे’ ओलीले भने, ‘तर, अहिले कतै भिडियोमा देखेको थिए, केपी ओलीलाई त मैले साधारण सदस्यबाटै निकालेको थिएँ भनेर प्रचण्ड गर्व गर्दैछन् ।’

उनले प्रचण्डलाई विश्वास गरेकामा आत्मग्लानी गर्दै भने, ‘मैले त्यो बेला कस्तो व्यक्तिलाई विश्वास गरेर पार्टी एकता गरेछु । अहिले अचम्म लाग्छ ।’ अध्यक्ष ओलीले आफूले दिएको बहुमत प्रचण्डले आफूविरुद्ध नै प्रयोग गरेको आरोप लगाए ।

उनले अदालतले पार्टीको नाममात्र जुध्यो भनेको भन्दै नेकपा विभाजन नभएको दावी गर्दै भने, ‘माओवादी पार्टी होइन, प्रचण्डको नेतृत्वमा सानो केन्द्रमात्र हो ।’

प्रतिक्रिया दिनुहोस्