Logo
Logo

नेताको सार्वजनिक सुनुवाइ शुरु किन नगर्ने ?


घनश्याम भुसाल

315
Shares

आज हुम्ला जुम्लामा जुठेल्नेमा जन्मेर जुठेल्नामै मर्दैछन् । जसका श्रीमान् काला पहाडमा काम गर्दैछन्् । तिनलाई उद्यम र प्रविधिसँग नजोड्ने अनि दलित महिलालाई जुठेल्नामा जन्मेर त्यही मर्न दिने हो भने समाजवाद आउँदैन । पहिलो काम तिनलाई संगठन र उद्यममा ल्याउनुपर्छ । आजको समाजवादले राष्ट्रिय पूँजीपति वर्गलाई नियन्त्रण पनि गर्छ, सहयोग पनि गर्छ । सीमा नाघ्न खोज्दा ब्रेक लगाउँछ, नत्र सघाउँछ ।

पार्टीका महाधिवेशनहरूमा उठ्ने केन्द्रीय सदस्यलाई सार्वजनिक सुनुवाइ गर्ने हो भने धेरै कुरा शुरु हुन्थ्यो । ल म नेकपाको केन्द्रीय कमिटीको सदस्य हुँ भनेपछि सार्वजनिक सुनुवाइ होस् । त्यहाँ मेरो सम्पत्तिको बारेमा, मेरो परिवार र आयस्रोतको बारेमा कामको बारेमा, मेरो पारिवारिक पृष्ठभूमिको बारेमा प्रश्न उठाइयोस् । मेरो सम्पत्तिको विवरण त्यहाँ सार्वजनिक गर्नु परोस् । त्यसको जस्टिफिकेशन दिनुपरोस् । यति मात्रै गर्ने हो भने धेरै कुरा समाधान हुन्छ ।

माथि किन पुग्ने ? पैसा कमाउन । पैसा कमाएपछि के हुन्छ ? त्यो भन्दा माथिल्लो पदमा जान्छ । त्यसमा के हुन्छ ? अझै धेरै पैसा कमाइन्छ । माथिल्लो पदमा जाने अनि पैसा कमाउने । पैसा कमाउने अनि माथिल्लो पदमा जाने । अन्ततः दलाल पूँजीवादलाई नै संस्थागत गर्ने हुन्छ । यस्ता सांसदहहरूको तरिका, आम रूपमा भन्दा यी पार्टीहरूको तरिकाबाट समाजवाद आउँदैन । कमरेड पुष्पलालले संगठित रूपमा श्रमजीवी वर्गको हितमा समाजवाद ल्याउने भनेर यात्रा शुरु गरेका थिए । पार्टीमा समाजवादका कुरा गर्ने मान्छेहरू, आदर्शले प्रेरित भएका मानिसहरू छन् । गरीब दुःखी, पछाडि परेका्पारिएका तमाम जनगण पनि छन्।

अर्को मध्यम वर्ग छ, यो आफू पनि काम गर्छ । अरुलाई पनि काममा लगाउँछ । सानोतिनो उद्यम, कलकारखाना वा केही छ । यसरी आफ्नो ज्यान पाल्छ । यसले अलिकति नाफा गर्छ । अलिकति आफ्नो श्रममा, अलिकति अरुको श्रममा बाँच्छ । ४० लाख जति जनसंख्या श्रमिक, जो काम गर्छ । श्रमजीवी वर्ग हो । धेरै मुस्किलले बाँच्छ ।

उसको जीवनको अवस्था जहिले पनि अप्ठेरोमा हुन्छ । राम्रो पढ्न पाउँदैन । छोराछोरी पढाउन पाउँदैन । कहिले उसले राम्रोसँग खान पनि पाउँदैन । भनौ भने समयमा डेरा भाडा पनि समयमा तिर्न सक्दैन । अरु मनोरञ्जनका कुरा त कुरै छोडिदिनुस् खाने बाँच्ने कुरैमा चिन्ता छ । अरु मानिसहरू संगठित क्षेत्रमा काम पनि छैन, उद्यमसँग जोडिएको पनि छैन, जसलाई बजार थाम्ने कुनै आम्दानी पनि छैन । आफ्नो उत्पादन, सम्पत्ति पनि छैन । यहीभित्र सबैभन्दा तराई मधेशका दलित, गरीबहरू, कर्णालीका मान्छेहरू, पूर्वी पहाडका जनजातिहरू पर्छन् ।

यसरी त्यो ठाउँमा पुगेपछि पहाडी, मधेशी, खस–आर्य, दलित, पूर्व वा पश्चिमका जाति वा जनजातिहरू एउटा ठाउँमा आउँछन्् । उनीहरूलाई सीमान्त श्रमजीवी भन्ने गरेको छु । तिनीहरूसँग केही सीप छैन । केवल श्रम बेच्ने गर्छन् । तर, त्यो ठाउँ पनि निश्चित छैन । सबभन्दा कमजोर छन्, रोगी छन्, जीवनस्तर कमजोर छ । औसत आयु सबैभन्दा कम छ । सबैभन्दा पछाडि छन् । समाजवादी राज्यले यहींबाट देशलाई हेर्नुपर्छ ।

मध्यम वर्ग आफू पनि काम गर्छ । अरुलाई पनि काममा लगाउँछ । सानोतिनो उद्यम, कलकारखाना वा केही छ । यसरी आफ्नो ज्यान पाल्छ । यसले अलिकति नाफा गर्छ । अलिकति आफ्नो श्रममा, अलिकति अरुको श्रममा बाँच्छ । ४० लाख जति जनसंख्या श्रमिक, जो काम गर्छ । श्रमजीवी वर्ग हो । धेरै मुस्किलले बाँच्छ । दलाल पूँजीवादमाथि जकडिएको गठबन्धनलाई तोड्ने हो । त्यसलाई तोडेर गर्न खोजेको के हो भने त्यो सीमान्त श्रमजीवी भूमिमा टाँसिएको छ तर त्यसले खान दिँदैन, त्यहाँबाट उखेलिएर विदेश पलायन भएको छ । दौडधूपमा छ जिन्दगी, यसलाई मुक्त गर्ने हो ।

त्यसका लागि त्यहाँ उद्यम पु¥याउनुपर्छ । त्यसका लागि राज्यले कति निजी क्षेत्रले कति पु¥याउन सक्छ हिसाब गर्ने हो । राज्य र निजी क्षेत्र राष्ट्रिय पूँजीपतिलाई त्यहाँ पु¥याउनुपर्छ । त्यहाँको जनसंख्यालाई उद्यमसँग जोड्नुपर्छ । समाजवादी राज्यले अहिले गर्ने प्रमुख काम यही हो । राज्यको दलाल चरित्रलाई राजनीतिमार्फत् हस्तक्षेप गर्ने हो ।

जापान र कोरियाबाट सारी र गाडी ल्याएर यहाँ बेचेर खाने पूँजीपतिलाई कर्णाली पठाऊँ । त्यहाँ बस्ने नाफा दिनुभएन भने त्यो छोडेर भागिहाल्छ । भएको पूँजी पनि लैजान्छ । हाम्रो राज्यलाई, राज्यको कानून र संविधानलाई यसरी तयार गरौं कि त्यो दलाल पूँजीपतिको पूँजीलाई कसरी उद्यममा लगाउन सकिन्छ ।

दलाल पूँजीपतिलाई त्यो चंगुलबाट निकाल्दा राष्ट्रिय पूँजीपति वर्ग फैलन्छ । यसले रोजगारीका धेरै अवसर सिर्जना गर्छ । यसलाई राज्यले त्यसै छाडा छोड्दैन, रेगुलेट गर्छ । त्यसले गर्न नसकेको ठाउँमा राज्यले लगानी गर्छ । सबैभन्दा धेरै कृषिमा टाँसिएको अनुत्पादक श्रमलाई मुक्त गर्ने बाहेक समाजवादी आर्थिक कार्यक्रमको अर्को कुनै उद्देश्य हुँदैन ।

हामी जाने बाटो यो हो । सीमान्त श्रमजीवी वर्गलाई मुक्त गर्ने र रोजगारीका अवसर जुटाउने हो । समाजवादका महान चिन्तक कार्ल माक्र्स के भन्छन् भने राजनीति कसरी बन्छ ? राज्य कसरी चल्छ ?

मान्नुस्, वीरगञ्जको एउटा टोल त्यहाँका सबै मानिसले भोट दिएको एउटा कमिटी हुन्छ, त्यो कम्युन हुन्छ, वीरगञ्जमा समान कम्युनहरू हुन्छन् । ती कम्युनहरूले आफ्नो डेलिगेट चुनेर पठाउनेछन्् । प्रतिनिधि होइन, प्रतिनिधि त हामी हौं ।

तपाईंहरूले भोट हाल्नुभयो, अब तपाईंहरूको जिम्मा मैले लिएँ । मैले जे बोल्छु, तपाईंहरूको नाममा बोल्छु । तपाईंहरूसँग कुनै सम्बन्ध नभएका, बरु तपाईंहरूकै विरुद्धमा पनि बोलिदिन्छु । तपाईंको नाममा जे गरेपनि हुन्छ । यो प्रतिनिधि हुँदो रहेछ ।

माक्र्सले भनेको डेलिगेट वारेसले उसले भनेको काम नगरे वारेसनामा खारेज गरिन्छ । यसरी कम्युनबाट चुनिएका मानिसहरूले जे गर्ने भनेर आदेश दिएर पठाइन्छ त्यही गर्छन् । जुन दिन त्यसरी काम गर्दैनन्, उनीहरूलाई तुरुन्त फिर्ता गरिन्छ । यस्तो लोकतन्त्र हुन्छ ।

जानुपर्ने प्रत्यक्ष लोकतन्त्रतर्फ नै हो । सोझै जनतासँग जोडिएको जनताको जे आवश्यकता हो, जे विचार हो । त्यसलाई प्रतिनिधित्व गर्ने डेलिगेट्स वा वारेस हुनुपर्ने हो । अहिले यस्तो छैन । यस्तो चुनावको व्यवस्थालाई, यस्तो चुनावबाट बन्ने राज्य, कानून, अदालत यो व्यवस्थालाई टिकाउने पार्टीहरूको संयन्त्र अहिले समाजवाद टिकाउने खालको छैन भन्ने निष्कर्ष हो ।

पार्टीका महाधिवेशनहरूमा उठ्ने केन्द्रीय सदस्यलाई सार्वजनिक सुनुवाइ गर्ने हो भने धेरै कुरा शुरु हुन्थ्यो । ल म नेकपाको केन्द्रीय कमिटीको सदस्य हुँ भनेपछि सार्वजनिक सुनुवाइ होस् । त्यहाँ मेरो सम्पत्तिको बारेमा, मेरो परिवार र आयस्रोतको बारेमा कामको बारेमा, मेरो पारिवारिक पृष्ठभूमिको बारेमा प्रश्न उठाइयोस् । मेरो सम्पत्तिको विवरण त्यहाँ सार्वजनिक गर्नु परोस् । त्यसको जस्टिफिकेशन दिनुपरोस् । यति मात्रै गर्ने हो भने धेरै कुरा समाधान हुन्छ ।

माथि किन पुग्ने ? पैसा कमाउन । पैसा कमाएपछि के हुन्छ ? त्यो भन्दा माथिल्लो पदमा जान्छ । त्यसमा के हुन्छ ? अझै धेरै पैसा कमाइन्छ । माथिल्लो पदमा जाने अनि पैसा कमाउने । पैसा कमाउने अनि माथिल्लो पदमा जाने । अन्ततः दलाल पूँजीवादलाई नै संस्थागत गर्ने हुन्छ । यस्ता सांसदहहरूको तरिका, आम रूपमा भन्दा यी पार्टीहरूको तरिकाबाट समाजवाद आउँदैन । कमरेड पुष्पलालले संगठित रूपमा श्रमजीवी वर्गको हितमा समाजवाद ल्याउने भनेर यात्रा शुरु गरेका थिए । पार्टीमा समाजवादका कुरा गर्ने मान्छेहरू, आदर्शले प्रेरित भएका मानिसहरू छन्् । गरीब दुःखी, पछाडि परेका्पारिएका तमाम जनगण पनि छन् ।

त्यही पार्टीभित्र उत्तिकै दलाल पूँजीपति वर्गहरू पनि पसेका छन् । उनीहरूसँग समाजवादीहरूको द्वन्द्व सबै पार्टीमा छ । दलाल पूँजीवादमै टाँसिएर यसलाई विस्तार गर्ने कि त्यसबाट छुट्टिने मुख्य लडाइँ हो ।

नेकपाको दुई तिहाइ सरकारले गर्छ भन्ने छ ? गर्न त यसले गर्छ । दलाल पूँजीवादलाई अझै बलियो बनाउँछ वा त्यसलाई कमजोर पार्ने बाटो लिन्छ । स्पष्टताका साथ समाजवादीहरू, प्रतिबद्धता र स्पष्टताका साथ लड्न सके समाजवादीको बाटो बनाउँछ ।

कुनै पार्टीका नेता बिग्रन्छ । जुनसुकै पार्टीको नेता दलाल पूँजीवादको कारिन्दा बन्छ । हाम्रो जतिसुकै ठूलो नेता यदि, एनसेलबाट घुस खाएको छ भने त्यो दलाल पूँजीवादकै कारिन्दा हो ।

कोही अध्यक्ष, सभापति अथवा महामन्त्री वा महासचिव होला । दलाल पूँजीवादको कारिन्दा, तिनका कारिन्दाको पनि कारिन्दा कार्यकर्ता, तिनका कारिन्दाको पनि कारिन्दाको भोटर जनतालाई बनाउने व्यवस्थाबाट मुक्त गर्न पार्टीलाई राम्रो बनाउनुपर्छ । जुनसुकै पार्टीलाई दुत्कार्ने नागरिक समाज आवश्यक छ । जुनसुकै पार्टीका भएपनि समाजवादी र इमानदार नेताको समर्थन गर्नुपर्छ ।

(पाठशाला नामक संस्थाले १२ साउनमा वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा नेकपाका नेता घनश्याम भुसालको विचारबाट लिइएको)

प्रतिक्रिया दिनुहोस्