काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागमा बिहीबारदेखि हुतराज थापाले कमाण्ड सम्हालेका छन् । बुधबारदेखि लागू हुने गरी उनको नियुक्ति भएपनि एक दिनपछि उनले पदबहाली गरेका हुन् ।
सोमबारको मन्त्रिपरिषद्को बैठकले उनको नियुक्ति गरेको हो । उनले तीन वर्ष विभागको नेतृत्व सम्हाल्नेछन् । विभागमा प्रति जासुसी विभाग बनाउने र गुप्तचरीलाई बलियो बनाउने चुनौती उनीसामु छ ।