एजेन्सी । जोर्डनमा चार तले आवासीय भवन भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या १० पुगेको छ । दुर्घटनामा परी अन्य १० जना घाइते भएका छन् । उद्धारकर्ताले आज पनि एउटा शव भग्नावशेषबाट निकालेका छन् ।
उनीहरूले बुधबार एक जना शिशुको जीवितै उद्धार गरेका थिए । सार्वजनिक सुरक्षा महानिर्देशनालयका अधिकारीले पनि हताहती, उद्धार र घाइतेहरूको सङ्ख्या बढ्दै गएको पुष्टि गरेका छन् ।
भवनका मालिक, भवन मर्मत संहारका ठेकेदार र मर्मत संहार प्राविधिकलाई घटनाको दोषी भएको आरोप लगाइएको छ । जोर्डनको राजधानीको पुरानो क्षेत्रमा अवस्थित उक्त भवन भत्किएको हो । उक्त क्षेत्रमा गरिब बर्गका धेरैको बसोबास रहेको छ ।