Logo
Logo

महाअभियोग सिफारिस समितिले चोलेन्द्रलाई फेरि बोलायो


2.5k
Shares

काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बयानका पुनः बोलाएको छ ।

जबरामाथि उठेका पूरक प्रश्न सोध्नका लागि समितिले जबरालाई पुनः बोलाएको हो । समितिका सचिव लक्ष्मीप्रसाद गौतमका अनुसार जबरालाई शुक्रबार विहान नौ बजे बोलाइएको छ ।

बिहीबार समितिले चोलेन्द्रले आरोपित गरेका कानुन व्यवसायीसँग छलफल गरेको थियो । कानुन व्यवसायीसँगको छलफल भने समितिले बिहीबार नै सकेको छ ।

प्रतिक्रिया दिनुहोस्