Logo
Logo

चोलेन्द्रले घुस खाएर धेरै मुद्दाहरू फैसला गरे- शम्भु थापा


10.1k
Shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले घुस खाएर धेरै मुद्दा फैसला गरेको वरिष्ठ अधिवक्ता शम्भु थापाले आरोप लगाएका छन् ।

बिहीबार महाभियोग सिफारिस समितिमा भएको छलफलमा बोल्दै थापाले सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइरालाको मुद्दामा चोलेन्द्रले घुस खाएर कैद मिनाहाको फैसला गरेको आरोप लगाएका हुन् ।

छलफलमा सहभागी भएका थापाले भने– ‘सुरक्षा अधिकारीले श्रीमतीलाई काटेर बोरामा हालेर जलाएको मुद्दामा कैद घट्छ ? त्यहाँ पैसादेखि बाहेक अरु होला त ? आज त्यो त मेरो गल्ती भयो भनेर हुन्छ ? घुस नखाएको भए यस्तो फैसला हुने थिएन ।’

चोलेन्द्रले अन्य मुद्दाको फैसलामा पनि घुस खाएको थापाले आरोप लगाएका छन् । क्यासिनोका कर विवाद लगायत मुद्दामा चोलेन्द्रले अनियमितता गरेको थापाको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्