Logo
Logo

म्यादीमा पहिलाे दिन नै २३ हजार आवेदन


819
Shares

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षार्थ माग गरिएको म्यादी प्रहरीमा युवाको आकर्षण देखिएको छ ।

बिहीबार पहिलो दिन २२ हजार ८ सय ८० जनाले आवेदन दिएका हुन् । नजिकको जिल्ला प्रहरी कार्यालयमा असोज ६ सम्म आवेदन दिन सकिन्छ ।

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेकाले दरखास्त दिन पाउनेछन्। छनोट हुनेलाई असोज ३० देखि कात्तिक ८ सम्म तालिम गराएर कात्तिक ९ बाट परिचालन गरिनेछ ।

म्यादीले ४० दिनको तलब/भत्ता, खाजा खर्चलगायत एकमुष्ट ५० हजार १ सय ६० रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्