काठमाडौं । आगामी भदौ १२ गतेदेखि नेपाल वायुसेवा निगमले जापानको ओशाकामा हप्ताको दुई पटक नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ । ओशाकाका लागि टिकट बुकिङसमेत खुला गरेको छ । तर, यही काण्डलाइ लिएर निगमका ओशाका प्रतिनिधि देवमान हिराचन आफूलाई अन्याय प¥यो भनेर सर्वोच्च अदालत धाउँदैछन् । हिराचनलाई २०७५ माघ २३ गते निगमले ओशाकाको लागि प्रतिनिधि तोक्दै परराष्ट्र मन्त्रालयको उत्तरपूर्व एशिया महाशाखालाई एउटा पत्र लेखेको थियो । उक्त पत्रको संख्या २३/८९२/०७५–०७६ हो ।
‘निगमका वाणिज्य विभाग निर्देशक टंकनिधि दाहालले जापानको ओशाका उडान अनुमति प्राप्त गर्न जापानस्थित एक फाइलिङ कम्पनी इन्टर एभिएशन जापानमार्फत् जेक्यावलाई आवश्यक पर्ने कागजात उपलब्ध गराउनेछ’ भनिएको छ । पत्रको अन्तिममा निगमको जापानस्थित स्थानीय प्रतिनिधिको रुपमा श्री देवमान हिराचन तोकिएको कुरा स्पष्ट लेखिएको छ ।
उक्त पत्रमा ‘निगमका वाणिज्य विभाग निर्देशक टंकनिधि दाहालले जापानको ओशाका उडान अनुमति प्राप्त गर्न जापानस्थित एक फाइलिङ कम्पनी इन्टर एभिएशन जापानमार्फत् जेक्यावलाई आवश्यक पर्ने कागजात उपलब्ध गराउनेछ’ भनिएको छ । पत्रको अन्तिममा निगमको जापानस्थित स्थानीय प्रतिनिधिको रुपमा श्री देवमान हिराचन तोकिएको कुरा स्पष्ट लेखिएको छ ।
उक्त पत्र पाएपछि निगमको ओशाका उडानका सम्पूर्ण कागजात हिराचनले जेक्यावलाई बुझाएर ओशाका उडानको अनुमति लिन सफल भएका थिए । जेक्यावले निगमलाई ओशाका उडानको अनुमति दिने भएपछि हिराचनले करोडौँ खर्च गरेर ओशाकामा निगमको कार्यालय खोलेका थिए । कार्यालयमा कर्मचारीसमेत भर्ना गरेका थिए ।
जापानको जेक्यावसँग अनुमति पाएपछि हिराचन उडान तालिका र आयको विवरण लिएर काठमाडौँ आए । जब उनी काठमाडौँ आए तब उनलाई निगमका कार्यकारी अध्यक्ष मदन खरेलले भेट्न मानेनन् । त्यसैबीच खरेल नयाँ एजेन्ट नियुक्ति गर्ने बहानामा ओशाका पुगे । ओशाकामा उनले खर्पु शेर्पालाई समाते र जापानको बद्नाम कम्पनीलाई एआईजेलाई एजेन्ट नियुक्त गरे । यसमा बालुवाटारदेखि खरेलसम्म ठूलो आर्थिक लेनदेन भएको कुरा निगम स्रोतले बताएको छ । यो स्रोतका अनुसार बालुवाटारको दबाबमा खरेलले शेर्पालाई बाध्य भएर एजेन्ट नियुक्त गरेको बताएको छ । तर, कार्यकारी निर्देशक खरेल स्वयं जापान पुग्नुले आर्थिक लेनदेनमा खरेलको संलग्नता छैन भन्न सकिन्न ।
यता आफूलाई निगमले अन्याय ग¥यो भनेर हिराचनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने धेरै पटक प्रयास गरे । तर, उनलाई बालुवाटार छिर्नै नदिएबाट थर्पु शेर्पाको नियुक्तिमा बालुवाटारको दबाब भएको पुष्टि हुन्छ । एकाएक एजेन्ट परिवर्तन भएपछि जेक्यावलाई पनि शंका लागेको छ । र, जेक्याबले पनि हिराचनलाई किन हटाएको भनेर मौखिक रुपमा अध्यक्ष खरेलसँग जिज्ञासा राखेको छ । खरेलले जेक्यावलाई चित्तबुझ्दो जवाफ दिन सकेनन् । उनी जेक्यावका अधिकारीसामु निर्लज्ज भए ।
यस अगाडि पनि निगमको ओशाका एजेन्ट हिराचन नै थिए । निगमको काठमाडौं–ओशाका उडानमा हिराचनको भूमिका कस्तो थियो भन्ने रेकर्ड निगममा अझै सुरक्षित छ । जेक्यावले निगमलाई ओशाका अनुमति दिनासाथ हिराचनले जुलाईदेखि ओशाका उडाउने योजना बनाएका थिए । हिराचनको योजनाअनुसार जुलाईमा १२ वटा उडान भएमा मासिक ३५ करोड १० लाख रुपैयाँ निगमलाई आम्दानी हुने तथ्यांक उनले निकालेका थिए । त्यसैगरी अगस्तको उडानमा ४० करोड ९५ लाख आम्दानी हुने उनको तथ्यांक थियो । उनले निगमसँग ८० प्रतिशत सिट बुकिङको ग्यारेन्टी गरेका थिए । तर उनलाई एजेन्टबाट हटाउन यति ठूलो खेल खेलियो कि जुलाईको उडान नै निगमले एकाएक रद्द ग¥यो र अगस्त २९ गतेदेखि नियमित उडाउने सूचना जारी ग¥यो ।
एजेन्ट हटाउने र उडान रद्द गर्ने खेलले निगमलाई ठूलो घाटा मात्र भएको छैन, ओशाका उडानकै भविष्य पनि अनिश्चित बनेको छ । ओशाका उडान अनुमति पाएको निगमले इन्धन, कष्टम र इन्जिनियरिङ चेकका विषयमा सम्झौता गर्न बाँकी नै छ । यसका लागि स्थानीय एजेन्ट भरपर्दो हुनुपर्छ । तर एउटा जापानिज एयरलाइन्सले कालोसूचीमा राखेको एआईजे कम्पनीलाई निगमको ओशाका एजेन्ट नियुक्त गर्दा भविष्यमा कस्तो समस्या पर्छ भन्ने कुरा निगमले सोचेको देखिएन । निगम डुबे डुबोस्, आफ्नो कमिशन सुरक्षित होस् भन्ने नियतले हिराचनलाई खरेलले एजेन्टबाट हटाएको घटनाक्रमले देखाएको छ ।