Logo
Logo

एमालेको बहुमत पुग्नेगरी खट्न पार्टीका सांसदहरुलाई ओलीको निर्देशन


1.1k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असोज १ गतेदेखि निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई एमालेको बहुमत पु¥याउने गरी गाउँगाउँमा खट्न निर्देशन दिएका छन् ।

भोलि शनिबार अर्थात असोज १ गते मध्यरातदेखि संसदको कार्याकाल सकिने भएकाले पार्टीका सांसदहरुलाई निर्वाचनको तयारीमा लाग्न उनले निर्देशन दिएका हुन् ।

शुक्रबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सांसदका रुपमा खेलेको भूमिकाप्रति धन्यवादसमेत दिए । उनले सरकारले संसदको कार्यकाल लम्ब्याउजे प्रपञ्च गरेको भन्दै भने, ‘तर, हाम्रो लागि भोलिदेखि संसदको कार्यकाल सकिएको छ । त्यसैले भोलिदेखि सांसदमा आउँदैनौँ ।’

ओलीले भने, ‘चुनाव लाग्यो । तपाईंहरु गाउँगाउँमा खटिनुस्, एमालेको बहुमत पु¥याउन लाग्नुस् ।’

प्रतिक्रिया दिनुहोस्