Logo
Logo

राष्ट्रिय अनुसन्धानका इन्सपेक्टरको नक्कली प्रमाणपत्र


396.8k
Shares


काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सेवा प्रवेश गरेका राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृतलाई अदालतले दोषी ठहर गरेको छ । अनुसन्धान अधिकृत तारा बहादुर कुँवरलाई शुक्रबार बिशेष अदालतले दोषी ठहर गरेको हो ।


अख्तियार दुरुयोग अनुसन्धान आयोगले ३१ जेठ २०७५ मा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । उनले माध्यमिक शिक्षा परिषद् ,उत्तरप्रदेश भारतबाट आईए उत्तिण गरेको नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएका थिए । जसमा बिशेषका न्यायाधीहरु यमुना भट्टराई, बलभद्र बास्तोला र खुशी प्रसाद थारुको इजलाशले उनलाई दोषी ठहर गरेको हो ।
राष्ट्रिय अनुसन्धान विभागमा धेरै जना राजनीतिक सोर्सफोर्स तथा आर्थिक चलखेलका आधारमा जागिर खाने भएकाले नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्दछन् । अहिले पनि पदमा रहेका केही व्यक्तिहरुको प्रमाणपत्र नक्कली रहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्