काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पदमै हुँदा आठ करोड रुपैयाँ भन्दा धेरैका घरजग्गा खरिद गरेको खुलेको छ । संसदको महाअभियोग समितिमा छानबिनको क्रममा रहेका जबराको सम्पत्ति विवरण खोज्दा सो खुलेको हो ।
न्याय परिषद्ले पठाएको विवरणअनुसार १७ असार २०७७ मा काठमाडौं–५ मा एक रोपनी ८ आना, तीन दाम एक पैसा जग्गा श्रीमती रेजी क्षेत्री राणाको नाममा खरिद गरेका हुन् । ८ करोढ २६ लाख रुपैयाँमा सो जग्गा खरिद गरेको उनको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । तर, त्यो रकमको स्रोत उनले खुलाउन सकेका छैनन् । मुद्दा जिताइदिएवापत उनले सम्पत्ति जोडेको आरोप लागेको छ । उनको सम्पत्तिमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छानबिन गरिरहेको छ ।
सम्पत्ति विवरणमा चोलेन्द्रले आफ्नो बैंक खातााम भने ५९ लाख रुपैयाँ रहेको उल्लेख गरेका छन् ।