Logo
Logo

प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल प्रभावकारी रहेन : ईश्वर पोखरेल


819
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल प्रभावकारी नरहेको टिप्पणी गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटा कतिपय अवस्थामा सत्तारुढ गठबन्धनको ‘बफादार कार्यकर्ता’को भूमिकामा रहँदा प्रतिनिधिसभाको कार्यकाल प्रभावकारी हुन नसकेको उनको आरोप थियो ।

संघीय संसद् भवन परिसरमा शुक्रबार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले सभालाई नेतृत्व गर्ने सभामुख सापकोटा र सरकारको भूमिका राम्रो नभएकै कारण प्रतिनिधिसभाले आफूले दिनुपर्ने डेलिभरी दिन नसकेको पटक(पटक दोहोर्‍याए । उनले सभामुख सापकोटाको भूमिका प्रतिनिधिसभाको नेतृत्वको रुपमा दुस्खद् रहेको प्रतिक्रियासमेत दिए ।

प्रतिक्रिया दिनुहोस्