Logo
Logo

रातोपुलमा नेपाल क्रिकेट स्कुल सञ्चालनमा


2k
Shares


काठमाडौं । काठमाडौंको रातोपुलमा नेपाल क्रिकेट स्कुल सञ्चालनमा आएको छ । शुक्रबार स्कुलको उद्घाटन गरिएको छ ।
प्रदेशसभा सदस्य नरोत्तम बैद्य र नेपाल क्रिकेट संघका कार्यवहाक सचिव प्रशान्त बिक्रम मल्लले स्कुलको उद्घाटन गरेका छन् ।

क्रिकेटमा लगाव भएका बिद्यालय तहका बालबालिकालाई लक्षित गरी स्कुल सञ्चालनमा ल्याइएको सञ्चालकले बताएका छन् । स्कुलमा शरद भेषवाकर मुख्य प्रशिक्षक र प्रशिक्षकका रुपमा पुर्नेन्द्र घोष रहने स्कुल सञ्चालन गर्ने कम्पनी एमसिडी प्रालिले जनाएको छ । सुनिल थापा, सौगात दंगाल, सुन्दर रेग्मी, बोबिन शर्मा र करन पाल मिलेर सो क्रिकेट स्कुल सञ्चालनमा ल्याएका हुन् । विगतमा भेरोसिटी अरिना रहेको स्थानमा क्रिकेट स्कुल सञ्चालनमा आएको हो ।

एकेडेमीमा बेसिकदेखि अन्तर्राष्ट्रिय तहसम्मको क्रिकेट तालिम तथा सुविधा उपलब्ध हुने क्रिकेट स्कुलका निर्देशक सौगात दंगालले बताए । ‘ग्रासरुट लेभलदेखि स्कुल लेभलको क्रिकेटलाई प्रबद्र्धन गर्न हामीले यो स्कुल सञ्चालनमा ल्याएका हौं,’ दंगाल भन्छन्,‘हाम्रो स्कुलबाट राष्ट्रिय तहका खेलाडी उत्पादन गर्ने लक्ष्य छ ।’

प्रतिक्रिया दिनुहोस्