Logo
Logo

प्रतिनिधिसभाको अन्तिम बैठक आज बस्दै


693
Shares

काठमाडौं । प्रतिनिधि सभाको कार्यकाल आज राति १२ बजे सकिँदै छ। २०७४ मा निर्वाचित सांसद्हरुको अन्तिम संसद् बैठक आज दिउसो १ बजे बस्दैछ ।

मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि निर्वाचन तय भएसंगै २०७४ सालको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले बुझाएको बन्द सूचि आज राति १२ बजेदेखि खारेज हुने निर्वाचन आयोगकोले जनाएको छ। असोज २ र ३ गते आसन्न निर्वाचनका लागि समानुपातिकको बन्दसूच बुझाउने कार्यतालिका छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको कार्यकालको जारी अधिवेशन अन्त्य गर्न शुक्रबार राष्ट्रपति विद्यादेवी भणडारी समक्ष सिफारिस गरेकाे थियाे। राष्ट्रपति कार्यालयले प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्यसम्बन्धी पत्र संसदलाई पठाइसकेकाे छ। चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुनेगरि पत्र पठाइएको हो।

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रबारे जानकारी दिइने छ। यस्तै, अधिवेशनमा भए गरेका कामबारे पनि जानकारी गराइने छ।

प्रतिक्रिया दिनुहोस्