Logo
Logo

अछाममा पहिरोले पुरिंएर ४ जना मृत्यु, ७ जना बेपत्ता


378
Shares

फाइल फाेटाे

धनगढी । तीन दिनदेखि परेको अविरल वर्षाका कारण अछामका विभिन्न स्थानमा पहिरो गरएको छ ।

पहिरोले घर पुरिंदा ४ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् । जिल्लाको तुर्माखाद गाउँपालिका–५ काँडामा पहिरोले दुई वटा घर बगाएको प्रहरीले जनाएको छ । तुर्माखाँदमै पहिरोले पुरिएर मृत्यु भएका चार जनाको शव फेला परेको जिल्ला प्रहरी प्रमुख डीएसपी नारायण डाँगीले जानकारी दिए । सात जना अझै बेपत्ता रहेको डीएसपी डाँगीले बताए ।

अहिले पहिरो खसेका स्थानमा उद्धार र खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको छ । पहिरोकै कारण विभिन्न स्थानमा सडक अवरु्द्ध भएका छन् भने बिजुली र सञ्चार विच्छेद भएको छ ।

प्रतिक्रिया दिनुहोस्