Logo
Logo

चाेलेन्द्रको अन्तिम बयान जारी, सिफारिस समितिले आजै प्रतिवेदन बुझाउँदै


630
Shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको आज पनि बयान जारी छ । चोलेन्द्रको यो बयान अन्तिम हो । शनिबार बिहान ९ बजेदेखि संसद सचिवालय सिंहदरबारमा बसेको बैठकमा उनी महाभियोग सिफारिस समितिसमक्ष बयान दिन पुगेका छन् ।

यसअघि चोलेन्द्रसँग महाअभियोग समितिले विभिन्न ४३ वटा प्रश्न सोधिसकेको छ । उक्त बयानमा उनले हस्ताक्षर समेत गरिरहेका छन् । शुक्रबार उनले बयानको ६५ पेजमा हस्ताक्षर गरेका थिए भने आज बाँकी १ सय ९ पेज बयानको बाचन सुन्दै हस्ताक्षर गर्दै छन् ।

बयानमा हस्ताक्षरपछि उनीमाथि थप पुरक प्रश्न गर्ने तयारी रहेको समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले जानकारी दिएका छन् । चोलेन्द्रले दिएको जवाफ समावेश गरी आजै प्रतिवेदन तयार गरी सभामुख अग्नि सापकोटालाई बुझाउने तयारी गरिएको छ ।
चोलेन्द्रमाथि लागेको अभियोगमाथि पूर्ण छानविन नहुँदै प्रतिनिधिसभाको कार्यकाल सकिन लागेपछि समितिले हालसम्म भएका विवरण समेटेर प्रतिवेदन बुझाउन लागेको हो ।

आज यो पौने १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । यो बैठकमा यो कार्यकालको अन्तिम बैठक हो । आज राती १२ बजेदेखि प्रतिनिधिसभाको यो अधिवेशन सकिँदै छ ।

प्रतिक्रिया दिनुहोस्