काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा आलीले परमादेशबाट सरकार गठन गर्नु प्रतिगमन रहेको टिप्पणी गरेको छन् ।
प्रतिनिधिसभाको अन्तिम दिन सम्बोधन गर्दै आफूले निर्वाचन घोषणा गर्दा प्रतिगमन गरेको आरोप लागेको भन्दै आफ्नो प्रतिरक्षा गरेका ओलीले परमादेशबाट सरकार गठन गर्नु चाहिँ प्रतिगमन रहेको टिप्पणी गरेको हुन् ।
सम्बोधनका क्रममा ओलीले भने– ‘निर्वाचन घोषणा गर्नु प्रतिगमन हो भने वर्तमान सरकारले पनि निर्वाचन घोषणा गरेर प्रतिगमन गरेको छ । मैले निर्वाचन घोषणा गर्दा प्रतिगमन भनियो । तर, परमादेशबाट सरकार गठन गर्नु चाहिँ प्रतिगमन हो । त्यहाँ प्रतिगमन भएको छ ।’
संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेका ओलीले पाँच दलको नाममा संविधान उलङ्घन गर्ने काम भएको समेत आरोप लगाएका छन् ।
ओलीले भने– ‘मलाई संविधान समाप्त पार्न खोजेको आरोप लाग्यो । तर, मेरोविरुद्ध बनेको पाँच दलले संविधानको उलङ्घन गरेको कुरा सबैलाई थाहा भएकै कुरा हो ।’