एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेन बेलाइतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुन बेलाइत प्रस्थान गर्दे छन् । महारानी एलिजाबेथको सेप्टेम्बर ९ मा निधन भएको थियो ।
राष्ट्रपति बाइडेन र प्रथम महिला जिलले शनिबार महारानी एलिजाबेथ द्वितीयालाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको छ । दुवैले समारोह स्थलमा महारानी एलिजाबेथ द्वितीयाको स्मृतिमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्नेछन् ।
यसै बीच उनीहरु राजा चार्ल्सद्वारा आयोजित स्वागत समारोहमा पनि सहभागी हुनेछन् ।
राष्ट्रपति बाइडेन र प्रथम महिला जिल सेप्टेम्बर १९ मा वेस्टमिन्स्टर एबेमा महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुने र सोही दिन अमेरिकाको लागि प्रस्थान गर्ने कार्यक्रम तय भएको बताइएको छ।