Logo
Logo

ओलीलाई प्रधानमन्त्रीको ब्यंग्य- यो संसदै परमादेशको हो


7.2k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले चलिरहेको प्रतिनिधिसभा नै परमादेशबाट आएको बताएका छन् ।

शनिबार प्रतिनिधिसभाको अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै भने, ‘यो संसदै परमादेशको हो, उहाँहरू परमादेशबाटै आएर हामीसँग सहकार्य गरेर बसिरहनुभएको छ ।’

प्रधानमन्त्री देउवाले परमादेश नआएको भए सहकार्य गर्ने अवसर समेत नमिल्ने आशय व्यक्त गरे । परमादेशले संसदमा फेरि भेट गर्न मौका दिएको उनको भनाइ थियो । ‘परमादेशले हामीलाई भेट गर्ने मौका दिएको छ’ देउवाले भने, ‘यसकारणले पनि मैले न्यायालयले पनि न्याय गरेको महशुस गरेको छु ।’

देउवाले दुई दुई पटक संसद बिघटनको विषयलाई उठाउँदै ‘यसैअवधि निर्वाचित संसदले २–२ पटक समस्या भोग्नुप¥यो । जनताका अधिकार सुनिश्चित गर्न, जनताले संघर्ष गरी ल्याएको संविधानको रक्षा गर्न राजनीतिक दलबीच सहकार्य र संघर्षगरी संविधान बमोजित चलाउने पद्धति बस्यो ।’

प्रतिक्रिया दिनुहोस्