Logo
Logo

ओलीलाई प्रचण्डको प्रश्न : संविधानविपरीत प्रतिनिधिसभा विघटन गर्नु प्रतिगमन नभएर के हो त ?


9.5k
Shares

फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई ‘संविधानविपरीत प्रतिनिधिसभा विघटन गर्नु प्रतिगमन नभएर के हो त ?’ भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको अन्तिम बैठकलाई सम्बोधन गर्ने क्रममा नेकपा एमालेका अध्यक्ष ओलीले आफूले निर्वाचन घोषणा गर्नु प्रतिगमन नरहेको भन्दै आफ्नो बचाउ गरेपछि प्रचण्डले ओलीलाई यस्तो प्रश्न गरेका हुन् ।

सम्बोधनका क्रममा ओलीले आफूले निर्वाचन घोषणा गर्दा प्रतिगमन भएको हो भने वर्तमान सरकारले पनि निर्वाचन घोषणा गरेको छ त्यो पनि प्रतिगमन हो भनेका थिए । त्यसैगरी परमादेशबाट सरकार गठन गर्नु प्रतिगमन रहेको ओलीको टिप्पणी थियो ।

अन्तिम बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले भने– ‘पाँच वर्ष पूरा नभइ प्रतिनिधिसभा विघटन गर्नुपर्छ भनेर संविधानको कुन धाराले भन्छ ? प्रतिनिधिसभाले अर्को सरकार दिनसक्ने अवस्थामा कुन आधारमा निर्वाचन घोषणा गरियो ? के यो संविधानसम्मत थियो त ? यो प्रतिगमन नभएर के हो त ?’

प्रतिक्रिया दिनुहोस्