Logo
Logo

सचिवालय बैठकमा ओलीले सुनाए उम्मेदवारको ‘सर्टलिष्ट’


68.7k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा सचिवालय बैठक बोलाएर समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश गर्न तयार पारिएकाहरूको नामावली सुनाएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगलाई बुझाउन ओलीले जिल्ला र प्रदेशबाट सिफारिस भएर आएका समानुपातिक तर्फका उम्मेदवारको ‘सर्टलिष्ट’ यसअघि नै तयार पारिसकेका थिए ।

जिल्ला र प्रदेशबाट सिफारिस भएर आएको नामावलीबाट सर्टलिष्ट तयार पार्न ओलीले महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाललाई जिम्मा दिएका थिए । शनिबार साँझको सचिवालय बैठकमा ओलीले पोखरेल र रिमालले तयार पारेको  ‘सर्टलिष्ट’ सुनाएका हुन् ।

स्रोतका अनुसार ओलीले पोखरेल र रिमाललाई आफ्ना विरुद्धमा रहेकाको नाम ‘सर्टलिष्ट’मा नपार्न  निर्देशन दिएका थिए । त्यसमा पनि पूर्व माधव समूहका नेताहरू ओलीको तारो बनेको देखिन्छ ।

त्यसो त एमालेमा उम्मेदवारको नामावली सिफारिसकै क्रममा पूर्व माधव समूहका नेताहरूको सिफारिस भएको क्षेत्रमा पथ ३ देखि ५ जनाको नाम सिफारिस भएर आएको छ ।

धेरै जनाको नाम सिफारिस भएर आएको क्षेत्रमा आफूले चाहेको नेतालाई टिकट दिएर पूर्व माधव समूहलाई बाइपास गर्ने ओलीको योजना बुझिन्छ ।
निर्वाचन आयोगले मंसिर ४ गते हुने निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय असोज २ र ३ गते तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्