Logo
Logo

जनताका धेरै आकाङ्क्षा पूरा गर्न सक्यौँ : पूर्वमन्त्री श्रेष्ठ


630
Shares

दमौली । पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विभिन्न उतारचढावका बीच प्रतिनिधिसभाको पाँचवर्षे कार्यकाल सफल रहेको बताएका हुन् ।

‘संविधान बनेपछिको पहिलो संसद्को कार्यकालमा विभिन्न उतारचढाव रह्यो, दुईपटक विघटन भयो’, उनले भने, ‘ठ्याक्कै सन्तुष्टि हुने ठाउँ त छैन तर जनताका धेरै आकाङ्क्षा पूरा गर्न सक्यौँ भन्ने लाग्छ ।’ पत्रकारसँग कुराकानी गर्दै निवर्तमान सांसद श्रेष्ठले संविधान, लोकतन्त्र र सङ्घीयता बचाउनुपर्ने कर्तव्य आफूहरूले निर्वाह गरेको बताए । ‘त्यही कारण हामीले पार्टीमा विद्रोह गर्याै’ उनले भने ।

निवर्तमान सांसद केदार सिग्देलले एउटा विधायकले गर्नुपर्ने जिम्मेवारी पूरा गरेको बताएका छन् । ‘आफ्नो क्षमताले भेटेसम्म पदीय दायित्व इमानदारीपूर्वक बहन गर्ने प्रयास गरेँ’, उनले भने, ‘धेरै गरेँ भनी ठूला कुरा गर्न चाहन्न तर एउटा विधायकले निर्वाचन क्षेत्र र जनताको हितमा गर्न सकिनेसम्मका काममा हरदम कोसिस गरेँ ।’

प्रतिक्रिया दिनुहोस्