काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर जबरा निवासमै रोकिएका छन् । आइतबार सर्वोच्च अदालत फर्कने तयारीमा रहेका उनले आफू निवासमै रोकिनुपरेको बताएका हुन् ।
महाअभियोग टुंगा नलाग्दै नियमित कार्यमा सर्वोच्च फर्कने समाचार सार्वजनिक भएपछि राणालाई छिर्न नदिन सर्वोच्च अदालत परिसरमा सरकारले सुरक्षा सर्तकता बढाएको छ ।
राणाले आफू सर्वोच्च अदालत जाने तयारी गरिरहेका बेला सरकारले निवासमै रोकिदिएको बताएपछि उनले नआउने बताएका छन् । अहिले उनको निवास र सर्वोच्च अदालत परिसरमा प्रहरी तैनाथ गरिएको छ ।
राणाविरुद्ध गत फागुन १ गते ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गराएका थिए । योग सिफारिस समितिले राणाको बयान लिएर शनिबार प्रतिवेदनसमेत तयार गरेर सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको थियो । समितिले राणामाथि महाअभियोग लगाउन सिफारिस गरेको छ ।