Logo
Logo

समानुपातिकको बन्दसूची तयार गर्दै एमाले


2.1k
Shares

काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्द सुची बनाउन सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सुरु भएको हो ।

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिने दलहरूलाई असोज २ र ३ गते बन्द सुची पेश गर्न सूचना जारी गरेकाले एमाले बन्द सूची बनाउन केन्द्रीत भएका हुन् ।

एमालेमा प्रतिनिधिसभाको ११० र प्रदेशसभा सदस्यतर्फ २२० को समानुपातिक सदस्यका लागि झण्डै एक हजार हाराहारीमा नाम सिफारिस आएको प्रमुख सचेतक बिशाल भट्टराईले जानकारी दिए ।

सचेतक भट्टराईका अनुसार एमालेले आज सूची तयार गरेर भोलि सोमबार निर्वाचन आयोगमा बुझाउने छ ।

प्रतिक्रिया दिनुहोस्