Logo
Logo

विराटनगर विमानस्थलका लागि जग्गा अधिग्रहण गर्ने ओली सरकारको निर्णय खारेज


2.5k
Shares

काठमाडौं । विराटनगर विमानस्थलका लागि जग्गा अधिग्रहण गर्ने केपी शर्मा ओली नेतृत्व सरकारको निर्णय वर्तमान सरकारले खारेज गरेको छ ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले तत्कालीन ओली नेतृत्वको सरकारले २०७७ कात्तिक २७ गते करिव १२७ बिघा जग्गा अधिग्रहण गर्ने गरेको निर्णय खारेज गरेको हो । 

मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ– ‘मन्त्रिपरिषद्को २०७७।०७।२७ को निर्णयबमोजिम विराटनगर विमानस्थलका लागि १२६.४६ बिघा जग्गा अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने भन्ने निर्णय भएकोमा उक्त जग्गा प्राप्त नगर्ने ।’

विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न अघिल्लो सरकारले गरेको निर्णय के कारणले खारेज गरियो भन्ने निर्णयमा उल्लेख छैन ।

प्रतिक्रिया दिनुहोस्