काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई स्वतन्त्रतापूर्वक गतिविधि गर्न दिन आग्रह गरेको छ ।
महाभियोग टुङ्गो नलागी जबरा नियमित कामका लागि सर्वोच्च जान लागेको भन्दै सरकारले निवासमै नजरबन्द गरेको विषय सार्वजनिक भएपछि आयोगको टोली जबरा निवास पुगेको छ ।
राणाको निवासमा आवतजावत गर्ने व्यक्तिको निगरानी गरिएको, आवासबाट बाहिर निस्कने सवारी साधन चेकजाँचमा कडाइ गरिएको र राणाको सवारी स्कर्टिङ टोलीसमेत हटाइएको पाइएको भन्दै आयोगले जबरालाई स्वतन्त्रतापूर्वक गतिविधि गर्न दिन आग्रह गरेको हो ।
आयोगले विज्ञप्ति जारी गर्दै वैयक्तिक स्वतन्त्रता, आवतजावत र गोपनीयताको हकको सम्मान गर्दै जबरालाई स्वतन्त्रतापूर्वक गतिविधि गर्न दिनु भनेको छ ।
आयोगले जबरामाथिको महाभियोग प्रकरणपश्चात् सर्वोच्च अदालतमा देखिएको गतिरोधको विषयमा गम्भीर ध्यानाकर्षण भएको समेत बताएको छ ।
राणाले सर्वोच्चमा बहाली गर्न जाने तयारी गर्दा सुरक्षाकर्मीले विना कारण निवासबाटै बाहिर निस्कन नदिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।