Logo
Logo

आज बेलुकासम्म आयोग परिसरभित्र पस्ने दलको सूची बुझ्छौं : निर्वाचन आयुक्त


2.6k
Shares

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आफ्नो सम्पुर्ण स्रोत साधन परिचालन गरेर कुनै कमजोरी हुन नदिने भन्दै आज बेलुकासम्म आयोग परिसरभित्र पस्ने सवै राजनीतिक दलको सूची बुझने बताएका छन् ।

प्रमुख दलहरु समयमै आयोगमा सूची लिएर नपुगेपछि उनले भने, ‘आयोग परिसरमा आएका सवै राजनीतिक दलहरूको काम नसक्दासम्म हामी जाँदैनौं । तरपनि उहाँहरु ५ बजेभित्र आइदिएर आज हुँदै सकिदिए हुन्थ्यो भन्ने छ ।’

आयोगले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउन दिएको दुई दिनको समयसीमाको दोस्रो दिनको तिन बज्दा समेत प्रमुख ठुला राजनीतिक दलहरु आयोग पुगेका छैनन् । केही साना दलहरु भने सूची बुझाएर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्