Logo
Logo

गोठाटारमा गोली हानी व्यापारीको हत्या


1.4k
Shares


काठमाडौं । कागेश्वरी मनहरा–८ गोठाटारमा सोमबार साँझ गोली लागेका मोहम्मद दर्जीको मृत्यु भएको छ । कारबाट झरेलगत्तै उनलाई रातो ज्याकेट लगाएका एक युवकले लखेटर गोली हानेका थिए । उनको टाउकोमा दुई राउन्ड गोली लागेको थियो । आफ्नै कारको वरिपरि भाग्दा उनीमाथि निरन्तर गोली हानिएको सिसि क्यामेराको भिडियोमा देखिन्छ ।


उपचारको क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । गोली प्रहारको क्रममा उनलाई एक महिलाले जोगाउने प्रयास गरेकी थिइन् । प्रहरीले प्राप्त गरेको सिसिक्यामेरा फुटेजअनुसार एक तलामाथिबाट हाम फालेकी महिलाले पेस्तोलधारीलाई रोक्ने प्रयास गरेका छन् । यद्यपी पेस्तोलधारी गोली हान्न छाड्दैनन् ।
सर्लाही हरिवन घर भएका दर्जी कपडा व्यापारी हुन् । उनको केही दिनअघि पनि झगडा भएको बताइएको छ । घटनाको विस्तृत अनुसन्धान थालिएको काठमाडौं परिसरका एसपी दिनेशराज मैनालीले बताए ।

प्रतिक्रिया दिनुहोस्