Logo
Logo

गोठाटार गोलीकाण्ड : हत्या गर्नेहरु नजिकैको होटलमा बसेको खुलासा


10.2k
Shares

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-८, गोठाटारमा सोमबार साँझ गोली हानी हत्या गर्नेहरु ३ दिनदेखि नजिकैको होटलमा बसेको पाइएको छ ।

कपडा व्यवसायी सर्लाहीहरिवन-२ का ५५ वर्षीय लाल मोहम्मदको हत्या गर्ने ३ जनाको समूह चार सय मिटर अगाडिको कोशीपारि गेष्ट हाउसमा बसेको प्रहरीले जनाएको छ ।

गोली प्रहारको क्रममा उनलाई एक महिलाले जोगाउने प्रयास गरेका थिए । प्रहरीले प्राप्त गरेको सिसिक्यामेरा फुटेजअनुसार एक तलामाथिबाट हाम फालेका महिलाले पेस्तोलधारीलाई रोक्ने प्रयास गरेका छन् । यद्यपी पेस्तोलधारी गोली हान्न छाड्दैनन् ।

तीन राउन्ड गोली हानेर उनी मोटरसाइकलमा भाग्छन् । गम्भीर घाइते भएका उनले शिक्षण अस्पतालमा मृत्यु भएको छ । पेस्तोल घटनास्थलमै भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्