काठमाडौैं । सोमबार साँझ गोठाटारमा गार्मेन्ट व्यापारी लाल मोहम्मदको गोली हानी हत्या गरेको घटनाको २४ घन्टा बित्दा पनि प्रहरीले कसैलाई पक्राउ गरेको छैन । अभियुक्तहरुले प्रयोग गरेको मोटरसाइकल समेत प्रहरीले पहिचान गर्न सकेको छैन ।
मोहम्मदको गोली हानी हत्या भएको थियो । पेशेवर अपराधिक समूहले उनको हत्या गरेको आशंका गरिएको छ । यो घटनाले काठमाडौंको सुरक्षा अवस्थालाई उदांगो बनाइदिएको छ । अनुसन्धानमा असफल भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।
हत्या गरिएका मोहम्मद विगतमा हत्या तथा जाली नोटको कारोबारमा संलग्न व्यक्ति भएकाले त्यही पुष्ठभुमीसँग जोडेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।