एजेन्सी । ग्रीस र टर्कीले छिमेकी राष्ट्रहरूको रूपमा वार्तामा संलग्न हुनुपर्ने ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले बताएका छन् । प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले स्थानीय रेडियो स्टेशन स्फेरासँगको अन्तर्वार्तामा वार्ता सधैं फलदायी नभए पनि वार्ता भने गर्नुपर्ने बताएका हुन् ।
हामीलाई के कुराले एकताबद्ध गर्छ र के कुराले हामीलाई विभाजित गर्छ त्यो दुबै देशका जनताले बुझेका छन् त्यसैले हामीले हाम्रो मतभेद घटाउँनुपर्छ । विवाद रातारात समाधान हुँदैनन् तर वार्ता भने जाती राख्नुपर्छ जसले एकदिन समस्या समाधानको बाटोमा लैजान्छ ।
प्रधानमन्त्रीले भने एजियन र भूमध्यसागरमा सामुद्रिक र ऊर्जा विवादलगायत विभिन्न मुद्दाहरूले गर्दा दुई देशबीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहेको छ ।पछिल्लो समय विभिन्न घटनालाई लिएर दुवै पक्षले कडा टिप्पणी गर्दै आएका छन् ।
‘हामीसँग बलियो गठबन्धन र सशस्त्र बलहरू छन्। सबैलाई थाहा छ कि उनीहरू ग्रीससँग जिस्किन चाँहदैनन्’,प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले भनेका छन् ।