Logo
Logo

सिट बाँडफाँटमा जुटेन सहमति


15.9k
Shares

काठमाडौं । प्रतिनिधिसभाको सिट बाँडफाँटका लागि मंगलबार बसेको सत्ता गठबन्धनको बुधबार बिहानैबाट पुन: बस्नेगरी सकिएको छ ।

फाइल फोटो

मंगलबार बसेको सत्ता गठबन्धनका नेताहरुको बैठकले प्रतिनिधि सभाको १६५ मध्ये १ सयभन्दा बढी सिटमा सहमति जुटिसकेको राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले बताए ।

गाँठो फुक्दै गएको र बाँकी भोलि बुधबार बिहान पुन गठबन्धनको बैठक बसेर सकभर भोलि नै टुङ्ग्याउने विषयमा कुराकानी भएको पुरीले बताए । उनले यसअघि समस्या भएका धेरै स्थानको गाँठो फुक्दै गएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्