Logo
Logo

बालुवाटारमा गठबन्धनको बैठक जारी, राष्ट्रपतिको कदमबारे छलफल


3.3k
Shares

फाइल फोटो

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बसेको हो ।

सिट बाँडफाँटका लागि डाकिएको सत्ता गठबन्धनको बैठकमा एउटा एजेण्डा थपिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रातिसम्म पनि नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि निस्क्रिय भएको थियो ।

गठबन्धनको बालुवाटारमा जारी बैठकमा यो विषयले पनि प्रवेश पाएको छ । बैठकमा राष्ट्रिय परिस्थिति र आगामी कदमबारे छलफल हुने एक नेताले बताए ।

बैठकमा सिट बाँडफाँट कार्यदलका सदस्यहरु र सत्ता गठबन्धनका शीर्ष नेताहरु सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्