Logo
Logo

इटहरीमा सिटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु


567
Shares

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–९ फुलबारी टोलमा सिटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरी–५ का ८२ वर्षीय उमाकान्त भण्डारी रहेका छन् । हिजो बेलुका साढे ५ बजे भित्री सडकखण्डमा प्रदेश १ ०२ ००३ ह ३०४१ नम्बरको सिटी सफारीले बृद्धलाई ठक्कर दिएको थियो । घाइते उनको न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

सवारी साधन सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्