Logo
Logo

पाँचथरमा १२ जनामा डेङ्गुको सङ्क्रमण


- दृष्टि न्युज/संवाददाता

0
Shares

पाँचथर, २९ साउन । दुई सातायता जिल्लामा डेङ्गुका सङ्क्रमणका बिरामी भेटिन थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा १२ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको हो ।

कार्यालयका निमित्त प्रमुख तेजबहादुर तुम्बापोले भने, “जिल्ला अस्पतालमा डेङ्गु परीक्षण गर्ने किड नहुँदा फिदिमस्थित समर्पित अस्पतालमा परीक्षण गराउन लगिएकामा ती व्यक्तिमा डेङ्गु भेटिएको हो । जिल्लामा डेङ्गु फेला पर्न थालेपछि जिल्ला अस्पतालमा पनि ३० थान किड झिकाइएको छ । अब जिल्ला अस्पतालमा नै उक्त रोग परीक्षण हुन्छ ।”

डेङ्गु देखिएका केहीलाई जिल्लाबाहिर उपचारका लागि पठाइएको उनको भनाइ थियो ।

तराईका जिल्लामा व्यापक भएको यो सङ्क्रमण जिल्लामा भेटिएपछि स्वास्थ्य कार्यालयले तथ्याङ्क सङ्कलन गर्न थालेको हो । अहिले समस्या समाधानका लागि लामखुट्टे खोज र नष्ट गर अभियानको तयारीमा आफूहरू लागेको निमित्त प्रमुख तुम्बापोले जानकारी दिए ।

एक्कासि ज्वरो आउनु, ज्वरो पाँच–सात दिनसम्म रहनु, आँखाको गेडी तथा टाउकाको पछिल्लो भाग धेरै दुख्नु, शरीर कटकटी दुख्नुजस्ता स्थिति डेङ्गुका लक्षण भएको बताउँदै उनले यस्तो समस्या देखापरे चाँडो अस्पाताल गएर उपचार गराउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्