Logo
Logo

राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्चमा रिट


11k
Shares

काठमाडौं । अधिवक्ता सुनीलरन्जन सिंह राष्ट्रपतिको कदमविरुद्ध रिट लिएर सर्वोच्चमा पुगेका छन् ।

संवैधानिक व्यवस्थाबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै अधिवक्ता सिंहले सर्वोच्चमा बुधबार रिट पेस गरेका हुन् । यद्यपी, सर्वोच्चमा रिट दर्ता भने भएको छैन । परामर्श गरेर मात्रै सर्वोच्चले रिट दर्ता गर्ने बताइएको छ ।

सरकारको प्रस्तावमा संघीय संसद्का दुवै सदनले दोस्रो पटक पारित गरी पठाएको विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति भण्डारीले अस्वीकार गरेका थिए ।

संसद्बाट दोस्रो पटक पनि पारित भएर आएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि संविधानविद्हरू पनि स्तब्ध भएका छन् भने विभिन्न क्षेत्रबाट राष्ट्रपतिको कदमविरुद्ध प्रदर्शन र आलोचना हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्