Logo
Logo

गठबन्धन निकट विद्यार्थी संगठनद्वारा राष्ट्रपतिविरुद्ध आन्दोलनको घोषणा


1.3k
Shares

काठमाडौं । सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधान उल्लंघन गरेको भन्दै विद्यार्थी संगठनहरुले आन्दोलनको घोषणा गरेका हुन् ।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले राष्ट्रपति दलीय स्वार्थ र इसाराबाट परिचालित भएर संविधान उल्लंघन गरको बताए । उनले भने,’बिहीबारदेखि सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरुले राष्ट्रपतिविरुद्ध चरणबद्ध रुपमा आन्दोलन गर्ने निर्णय गरेका छौँ।’

नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति प्रतिगमनको मतियार बनेको गठबन्धन निकट विद्यार्थी संगठनहरुको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्