Logo
Logo

साउदी अरबसँगको सम्बन्धमा आएको सुधारको इरानी राष्ट्रपतिद्वारा स्वागत


504
Shares

एजेन्सी । इरानका राष्ट्रपति इब्राहिम रायसीले साउदी अरबसँगको सम्बन्ध सुधारलाई तेहरानले स्वागत गरेको बताएका छन् ।

रायसीले इराकमा दुई देशका अधिकारीबीच भएको वार्तामा भएका सहमतिका आधारमा मेलमिलाप प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए ।

न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभाको ७७औँ अधिवेशनका अवसरमा इराकका प्रधानमन्त्री मुस्तफा अल–कादिमीसँग भएको भेटवार्तामा राष्ट्रपति ट्रम्पले सो कुरा बताएका हुन् ।

रायसीले इरान र साउदी अरबलगायत क्षेत्रीय देशहरूबीचको सम्बन्ध सुधार गर्न इराकको सद्भाव र प्रयासको प्रशंसा गर्दै तेहरानले आफ्नो क्षेत्रीय सम्बन्धमा सधैँ मुस्लिम राष्ट्रको हितलाई ध्यानमा राख्ने बताए ।

इराकी प्रधानमन्त्रीले इरानी सरकारको सद्भाव र आफ्नो देशसँग सहयोग विस्तार गर्ने प्रयासको प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस्