Logo
Logo

नेता आचार्यद्वारा स्मारिका लोकार्पण


693
Shares

विराटनगर । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री महेश आचार्यले संविधान निर्माण भएको लामोसमयसम्म पनि जनहितका कतिपय कानून निर्माण नहुनु दुःखद् हो भनेका छन् । प्रदेश नं १ प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलद्वारा प्रकाशित स्मारिका २०७९ को आज यहाँ लोकार्पण गर्दै उनले सो कुरा बताएका हुन् ।

नेता आचार्यले सार्वभौम अधिकारको स्थलकारुपमा रहेको संसद्बाट पारित कानून राष्ट्रपतिले प्रमाणीकरण नगर्ने असिमित अधिकार नभएको भन्दै संघीयताको मर्म र ध्येयलाई सबैले पालना गर्नुपर्ने धारणा राखे ।

उनले प्रकाशित स्मारिकाले आउने प्रदेशसभालाई मार्गदर्शन हुने भन्दै प्रदेशको नामकरण नहुनु पहिलो प्रदेशसभाको भुल हो भने । सडक पूर्वाधार तथा सहरी विकास मन्त्री हिमाल कार्कीले कांग्रेसले लगभग चार वर्ष प्रदेशसभामा प्रतिपक्षको भूमिका निर्वाह गरेको भन्दै प्रकाशित स्मारिकाले कांग्रेसले प्रदेशसभामा खेलेको भूमिकाका बारेमा चित्रण गरिएको छ भने ।

नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाले परिवर्तनलाई आत्मसात नगर्ने परिपाटीले देशमा केही समस्या आएको बताए । उनले प्रदेशको नामकरण गर्नमा कुनै समस्या नरहेको तथा सरकारले यो प्रस्ताव सदनमा प्रस्ताव गर्न नसकेकोमा चिन्ता व्यक्त्त गरे ।

उनले प्रकाशित स्मारिकाले नेपाली कांग्रेसले सदनमा खेलेको भूमिका निकै रचनात्मक र सिर्जनात्मक रहेकाले आउने सभाले यसलाई पछ्याउने विश्वास व्यक्त्त गरे ।

प्रतिक्रिया दिनुहोस्