Logo
Logo

साझा कर्मचारी संगठन बनाउन ऊर्जामन्त्रीको आग्रह


441
Shares

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणमा कार्यरत कर्मचारीलाई साझा संगठन बनाउन आग्रह गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ११औँ एकता अधिवेशन कार्यक्रममा उनले फरकफरक संगठनभन्दा एउटै संगठन बनाएर कर्मचारीको हकहितमा लाग्न सुझाव दिए । ‘आधिकारिक ढङ्गले सबै मिलेर एउटा युनियन बनाउनुहोस्’, उनले भने ।

आफू लामो समयदेखि राजनीतिमा संलग्न रहेको दृष्टान्त पेश गर्दै मन्त्री भुसालले कर्मचारीले कार्यालय समयमा राजनीति गर्न नहुने बताए । ‘कार्यालय अवधिमा कसैले पनि राजनीति नगर्नुहोस्’, उनले भने, ‘प्राधिकरणको उन्नति र प्रगतिको मात्र कुरा गर्नुहोस् ।’

उनले प्राधिकरणको विकास तथा जनतालाई राहत र सुविधा दिने विषयमा ध्यान दिन कर्मचारीसँग आग्रह गरे । ‘प्राधिकरणमा क्रियाशील पाँच वटा कर्मचारी युनियनलाई एक बनाउनुहोस्, सकेसम्म साझा हितमा लाग्नुहोस्’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्