Logo
Logo

नविनबाबु गुरुङले पाए राजनीतिक विधामा ‘उत्कृष्ट फोटोपत्रकारिता’ अवार्ड


2k
Shares

काठमाडौं । राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे नेपाल)ले यस वर्षको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ वरिष्ठ पत्रकार हरिगोपाल प्रधानलाई प्रदान गरेको छ । गीतकारसमेत रहेका प्रधानलाई नगद ५० हजार रूपैयाँसहित एचिभमेन्ट अवार्डद्वारा सम्मान गरिएको हो ।

यस्तै, फोटोपत्रकार नवीनबाबु गुरुङले राजनीतिक फोटोपत्रकारिता विधामा उत्कृष्ट अवार्ड पाएका छन् । एनएफपिजे नेपालको २५औँ स्थापनाको दिवशको अवसरमा आयोजित ‘राष्ट्रिय फोटोपत्रकारिता अवार्ड–२०२२’मा नविनबाबु गुरुङले ‘उत्कृष्ट राजनीतिक फोटोपत्रकार’को अवार्ड हात पार्न सफल भएका हुन् । सेतोपाटी डटकममा कार्यरत फोटोपत्रकार नवीनबाबु गुरुङ तीन वटा विधामा मनोनित भएका थिए ।

काठमाडौंमा आयोजित कार्यक्रम एनएफपिजेले विभिन्न विधामा उत्कृष्ट फोटो खिच्ने फोटो पत्रकारहरूलाई अवार्ड र तथा सम्मान प्रदान गरेको हो ।

अवार्डमा सहभागिताका लागि एनएफपिजेले आवेदन खुला गरी विभिन्न विधामा पाँच जना नोमिनिज छनोट गरेको थियो । तिनै ५,५ जनाहरूबाट अवार्ड विजेता छनोट गरिएको थियो । अवार्डको निर्णायकमा सस्थाका पूर्वअध्यक्ष मीनरत्न बज्राचार्य, राजभाइ सुवाल र आजीवन सदस्य राजन काफ्ले रहेका थिए ।

यस्तै, अवार्डअन्तर्गत नेपाल टेलिकम दैनिक जीवन फोटो पत्रकारिता विधातर्फ सुनील शर्मा, खेलकुद फोटोपत्रकारिता विधामा हरिससिंह नगाल, पञ्चकन्या ग्रुप महिला फोटो पत्रकारिता विधामा अनन्ता भण्डारी, पर्यटन तथा संस्कृति फोटो पत्रकारिता विधाका लागि हरि महर्जन, ग्लोबल आईएमई बैंक आर्थिक फोटो पत्रकारिता विधामा अशोक दुलाल, कृषि विकास बैंक स्वतन्त्र फोटो पत्रकारिता विधाका लागि दीपेन्द्र मर्हजनले अवार्ड जितेका छन् ।

यस्तै, प्रदेशस्तरीय फोटो पत्रकारिता अवार्ड विधातर्फ प्रदेश १ उत्कृष्ट फोटो पत्रकारिता विधामा गुरु ढकाल, मधेस प्रदेश उत्कृष्ट फोटो पत्रकारिता विधाका लागि जियालाल प्रसाद साह, बागमती प्रदेश उत्कृष्ट फोटो पत्रकारिता विधामा सन्तोष श्रेष्ठ, गण्डकी प्रदेश उत्कृष्ट फोटो पत्रकारिता विधामा प्रेम थापा, लुम्बिनी प्रदेश उत्कृष्ट फोटो पत्रकारिता विधामा मनोज पौडेल, कर्णाली प्रदेश उत्कृष्ट फोटो पत्रकारिता विधामा वसन्त प्रताप सिंह र सुदूरपश्चिम प्रदेश उत्कृष्ट फोटो पत्रकारिता विधामा विनोद विष्टले अवार्ड पाएका छन् ।

विजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री जनार्दन शर्मा र खेलकुदमन्त्री महेश्वरजंग गहतराजले अवार्ड तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा हरि गोपाल फोटो पत्रकारिता पुरस्कारअन्तर्गत साहसिक फोटो पुरस्कार झापाका नेत्रविक्रम विमली पाउँदा खेलकुदतर्फ विनयकुमार बानियाँ, पर्या–पर्यटनतर्फ प्रदीपकुमार श्रेष्ठ, संस्कृति सम्पदातर्फ किरण आचार्य, मनोरञ्जनतर्फ अजय मर्हजनले पाएका थिए भने डिआइजी माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार आर्यन धिमाललाई प्रदान गरिएको थियो । उक्त पुरस्कारको राशि नगद १० हजार रूपैयाँ छ ।

कार्यक्रममा सहभागी विदेशी पत्रकारहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा बंगलादेश फोटो जर्नलिष्टका वरिष्ठ उपाध्यक्ष नसिम सिक्दरलगायत १२ जना र अल इन्डिया वर्किङ न्यूज क्यामेराम्यान एशोसियशनका अध्यक्ष एनएस सिन्हालगायतको उपस्थिति थियो । उक्त अवसरमा बंगलादेशका फोटो पत्रकारहरूले खिचेका फोटोहरूको पनि प्रर्दशनी गरिएको थियो ।

उक्त अवसरमा एनएफपिजेले कोरोनाको समयमा फोटोपत्रकारहरूले खिँचेका फोटोहरू संकलन गरी ‘लकडाउनमा नेपाल’ नामक फोटो पुस्तक पनि सार्वजनिक गरेको थियो

प्रतिक्रिया दिनुहोस्