Logo
Logo

आजदेखि उपत्यकाबाट बाहिरिने गाडीको यान्त्रिक परीक्षण अनिवार्य


882
Shares

काठमाडौं । आजदेखि काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दुरीका सवारी साधनले अनिवार्य यान्त्रिक परीक्षण गराउनु पर्ने भएको छ ।

दशैंको समयमा सम्भावित दुर्घटनबट बच्न र यात्रा सफल बनाउने उद्देश्यले सवारी साधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको हो । नेपालको महान चाड वडादसैंमा काठमाडौं उपत्यकाबाट विभिन्न स्थानका लागि ठुलो संख्यामा मानीहरु बाहिरिने गरेको छ । धेरैजसो यात्रुहरु सर्वजनिक यातायातबाट यात्रा गर्ने भएकाले यात्रुहरुको सुरक्षालाई मध्य नजर गर्दै गृह मन्त्रालयले आज देखि अनिवार्य रुपमा सवारीको यान्त्रिक परिक्षण गर्नुपर्ने व्यवस्था गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले रुट परमिट लिने बेला यान्त्रिक परीक्षण अनिवार्य गरिएको जानकारी दिए । उनका अनुसार यान्त्रिक परीक्षणको व्यवस्थापन सम्बन्धित सवारी साधनको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरुको समन्वयमा हुनेछ ।

सरकारले दसैंमा सुरक्षीत यात्राका लागी काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य–मुख्य नाकामा सवारी साधनहरुको चेक जाँचको व्यवस्था मिलाइएको छ । यसैगरी लामो दुरीका सवारी साधनमा दुईजना चालक अनिवार्य राख्नुपर्ने, सवारी साधनमा सरोकारवालाको फोन नम्बर यात्रुले देख्ने गरी राख्नुपर्ने, टाइम कार्ड पालना गर्नुपर्ने र गाडीमा झुण्डिएर र छतमा बसेर यात्रा गर्न नपाइने व्यवस्था पनि मिलाइएको गृह मन्त्रालयले जनाएको छ ।

दसैंमा काठमाडौं उपत्यकाबाट वर्षेनी लाखौं मनीसहरु गाँउ फर्किने गरेका छन् । कलंकी, नयाँ बसपार्क, कोटेश्वर लगायत स्थानबाट यात्रुहरु बाहिरीने गरेका छन् । यसका लागि यातायात व्यवस्था विभागले असोज १ गते देखि अग्रिम टिकट बुकिङ खुल्ला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्