Logo
Logo

सर्वोच्चद्वारा राष्ट्रपतिको नाममा कारण देउ आदेश जारी


10.3k
Shares

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

आइतबार न्यायाधीश हरि फुयालको एकल इजलासले राष्ट्रपतिका नाममा कारण देखाऊ आदेश जारी गरेको रिट निवेदकमध्येका एक अधिवक्ता सुनिलरञ्जन सिंहले जानकारी दिए ।

संसदका दुवै सदनले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै परमादेश मागसहित पाँचवटा रिटको आइतबार एकमुस्ट सुनुवाइ गरिएको हो ।

रिटको प्रारम्भिक सुनुवाइमा कारण देखाउ आदेश हुनुलाई सामान्य प्रक्रिया मान्ने गरिन्छ । तीमध्ये देव शर्मा, शोनु रौनियार र अधिवक्ता सुनिलकुमार यादव एकल निवेदक छन् भने अधिवक्ता सागर बराल र अधिवक्ता डा. सुनिलरन्जन सिंहले संयुक्तरूपमा रिट निवेदन दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्