Logo
Logo

संविधान उल्ट्याएर गणतन्त्र कमजोर बनाउने षडयन्त्र भइरहेको छ : दाहाल


252
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान उल्ट्याउने प्रयास भएको बताएका छन् ।

प्रेस सेन्टर नेपाल चितवन जिल्ला समन्वय समितिले सोमबार भरतपुरमा आयोजना गरेको दसैँको शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै उनले मुलुकमा अझै संविधान उल्ट्याएर गणतन्त्र कमजोर बनाउन षडयन्त्र भइरहेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘अहिले पनि एक थरी तत्वहरू यो संविधानलाई कसरी उल्ट्याउने होला रु यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई के गरी कमजोर पार्ने होला, पार्टीहरूलाई के गरी बदनाम गर्ने होला । परिवर्तनमा योगदान गर्ने नेतालाई के गरी बदनाम गर्ने होला भनेर लागेकै छन् ।’

उनले अबको दशक आर्थिक क्रान्तिको दशक भएको भन्दै प्रचण्डले जीवनको उत्तरार्द्धमा अब त्यसमा लाग्ने बताए । चितवनलाई विकासको मोडलको रूपमा विकास गर्न चाहेको भन्दै कसले के भन्छ भन्दा पनि कसले के गर्छ भन्ने कुराले अर्थ राख्ने बताए ।

प्रत्येक क्रान्तिपछि प्रतिक्रान्तिले टाउँको उठाउने खतरा भइराख्ने भन्दै उनले प्रत्यक ठूला क्रान्ति र परिवर्तन उल्ट्याउने प्रयत्न र षडयन्त्र हुने बताए । तर, यस्तो समस्या नेपालमा मात्रै नभई संसारभरि नै हुने अध्यक्ष प्रचण्डले बताए । ‘ कहिलेकाँही त षडयन्त्र पहिले सोचेभन्दा कयौं गुणा ठूलो भएर पनि आउने गर्दछ । संसारभरि त्यस्तै छ नेपाल त्यसको अपवाद छैन,’ उनले थपे ।

प्रतिक्रिया दिनुहोस्