Logo
Logo

मनकामना मन्दिर परिसरको सत्तल बल्ल पुनःनिर्माण हुने


441
Shares

गोरखा । गोरखा भकुम्पले क्षति पुर्याएको गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसरमा रहेको सत्तल पुनःनिर्माण हुने भएको छ ।

मनकामना मन्दिरका मूलपुजारी इन्सान थापामगर र मन्दिरका गुिठयार थकाली भीमबहादुर श्रेष्ठले संयुक्त रुपमा सोमबार सत्तलको शिलान्यास गरे ।

मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले सत्तल निर्माण गर्न करिब ९० लाख लाग्ने जानकारी दिए । उनले भने, ‘अब दशै लगत्तै पुनःनिर्माण सुरु हुन्छ, फिनिसिङ गर्दा थप लागत्त बढ्छसक्छ । करिब ७ महिना भित्रमा सत्तल निर्माण सम्पन्न हुन्छ ।’

उक्त सत्तलमा तत्कालीन समयमा मन्दिरमा आउने भक्तजनले बत्ती बाल्ने गर्दथे । हाल रहेको सत्तलको तेस्रो तल्लामा परेवा घर र मनकामना क्षेत्र बिकास समितिको कार्यालय सञ्चालन हुँदै आएको छ । नयाँ निर्माण सम्पन्न भएपछि समेत सोही सत्तलमा समितिको कार्यालय सञ्चालन गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्