Logo
Logo

मनास्लु हिमपहिरोमा परी एक जनाको मृत्यु, घाइते ९ जनाको उद्धार


630
Shares

फाइल फाेटाे

काठमाडौं । मनास्लुमा सोमबार अपराह्न गएको हिमपहिरोमा परी एक नेपाली आरोहीको मृत्यु भएको छ । हिमपहिरोमा परेर घाइते भएका ९ जनालाई हेलिकोप्टरमार्फत् उद्धार गरिएको प्रहरीले जनाएको छ ।

उत्तरी गोरखामा अवस्थित विश्वको आठौं अग्लो उक्त हिमाल आरोहणमा रहेको टोलीका १३ जना नेपाली शेर्पा र एक भारतीय महिला आरोही पहिरोमा परेका हुन् । ६ जना गम्भिर घाइतेहरुलाई हेलिकोप्टरमार्फत् उद्धार गरेर कपनस्थित करुणा अस्पतालमा ल्याइएको पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण महाशाखाले जनाएको छ ।

अन्यको अवस्था सामान्य भएकाले उनीहरु आफैं फर्किने बताएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख केदार खनालले जानकारी दिए । चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरको पहिरोमा उनीहरु परेका थिए । हिमपहिरोमा परेर अनुप राईको मृत्यु भएको थियो ।

मौसम खराबीका कारण घाइतेहरुलाई सोमबार उद्दार गर्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्