Logo
Logo

धेरै नै खुुसी छु, त्यो खुसीलाई शब्दमा बयान गर्न सक्दिनँ : अञ्जन विष्ट


1.6k
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले अञ्जन विष्टको ह्याट्रिकको मद्दतमा बंगलादेशलाई ३-१ ले हराएको छ ।

खेलपछि आयोजित पत्रकार सम्मेलनमा नेपाली फुटबलर विष्टले आफ्नो खुसी शब्दमा बयान गर्न नसक्ने बताएका छन् । ‘विगतमा के भयो सम्झिन चाहन्न । एकदमै धेरै नै खुुसी छु, त्यो खुसीलाई शब्दमा बयान गर्न सक्दिनँ’, उनले अघि भने ।

आफ्नो लागि गोलभन्दा टिमको जित प्राथमिकतामा पर्ने अञ्जनले बताए । उनले भने, ‘टिमले जितेपछि गोल स्कोररमा कहिले म परुला, कहिले साथी पर्ला ।’

त्यस्तै, कार्यबाहक प्रशिक्षक हुमागाईंले खेलाडीहरुमाथि आफ्नो विश्वास रहेको बताए । यो जितको मुख्य श्रेय खेलाडीहरुलाई जाने उनले बताए । ‘प्लेयरहरुमा विश्वास थियो, त्यसैले जित्छ भन्ने थियो’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्